aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेरूडे लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९
नेरूडे लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको पुस ७ गते विहान बसेको सञ्चालक समितिको बैठकले कुल २३ दशमलव १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ६० करोडको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस