aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘बैंक वित्तीय संस्थाबाट १५ प्रतिशतभन्दा कम नाफा वितरण हुनु ठिक होइन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा कम्तिमा १५ प्रतिशतको प्रतिफल भएन भने लगानीको अर्थ नहुने बताएका छन् ।  विहीबार बैंकको ३६औं वार्षिक साधारणसभामा बोल्दै नेपालमा बैंकहरुले अर्बौ कमाए भनेर प्रचार गरिन्छ तर, अहिलेको अबस्थामा बैंकहरुमा भएको लगानीको आकारलाई पनि ध्यान दिन आग्रह गरेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुले दिइरहेको ब्याजदरभन्दा पनि बैंकहरुको आम्दानी हुनुभनेको बैंकमा लगानी गर्नेहरुको लगानीको अपमान भइरहेको उनले जिकिर गरे । 

नेपाल राष्ट्र बैंकले बैंकहरुले धेरै कमाए भनेर स्प्र्रेड र बेस रेट चलाएको चलाइ गर्ने र अन्य धेरै निर्देशनहरु जारी गरेर कडाई गरिरहेको उनले आरोप लगाए । उनले राष्ट्र बैंकले हरेक नीति नियम तथा व्यवस्थाहरु कडाइका साथ लागू गर्न बाध्य पारिरहेको बताए । नेपालमा बैंक धेरै भए भनेर राष्ट्र बैंकले पेल्ने काम गरिरहेको छ । नेपालमा सरकारी नीतिहरु यस्तै हुने हो भने बैंकहरुको भविष्यमा नै प्रश्न खडा गर्न पर्ने अबस्था आएको उनको तर्क थियो । 

कम्तिमा ७– ८ वटा बाणिज्य बैंकहरु मात्र नेपालमा भए भने यसको सिनर्जी इफेक्ट शेयरधनी व्यापारी र देशले पाउन सक्ने भनाइ उनले राखे । यस्तै, मेगा बैंकसँग मर्जरपछि बैंकले सबै क्षेत्रमा फड्को मार्ने जानकारी दिए । उनले भने, ‘आगामी वर्षहरुमा बैंकले संभाव्यताको अध्ययन गरी संभावना भएको स्थानहरुमा बैंकको सेवा विस्तार गर्ने, बैकिङ्ग क्षेत्र तथा व्यापारिक जगतको आवश्यकता अनुसार नयाँ नयाँ उत्पादन तथा सेवाहरुको शुरुवात गर्नेछ ।’ 

उनले नयाँ प्रविधिमा आधारित सर्वसुलभ सेवा विस्तार गर्ने भारतको एक अनलाइन भुक्तानी सेवा प्रदायसँग सहकार्य गर्न लागेको बताएका छन् । शाखा सञ्जालमा मेगासँगको मर्जपछि वृहत बन्ने उनले बताए । साथै, बैंकले हाल दरबारमार्गमा महगो घरबहाल तिरीरहेकाले यसलाई ध्यानमा राखेर उपयुक्त स्थानमा बैंकको शाखा संचालन गर्ने बताए । बैंकको केन्द्रीय कार्यालय अब केहि महिनादेखि लाजिमपार्टमा सार्ने समेत जानकारी दिए । 

बैंकको शेयरधनीलाई जवाफ दिँदै उनले भने, ‘इन्भेष्टमेन्ट बैंकको पनि शेयरको पाट्र्टन फेर्न तयार छ तर, शेयरधनीहरुको शेयरको मूल्य संस्थापक शेयर साधारणमा परिणत भएपछि जहा आउँछ त्यो स्वीकार्न तयार हुन पर्यो ।’

नेपालमा मात्रै रहेको शेयरको दुई थरी वर्गिकरणलाई नै हटाउनका लागि सबै शेयरधनीहरु लाग्न पर्ने बेला भएको उनले धारणा राखेका छन्। उनले भने, ‘विश्वमा कहि पनि नभएको शेयरमा साधारण र संस्थापक भन्ने चलन नेपालमा मात्रै छ योका विषयमा बै्रंक तथा वित्तीय संस्था परिसंघले धेरै प्रयास गर्यो तै पनि भएको छैन अब हामी सबै शेयर लगानीकर्ताहरु बालुवाटार र सिंहदरबार घेर्न लाग्न पर्छ ।’
 

प्रतिक्रिया दिनुहोस