aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विदेश जान अब अनिवार्य बैंक खाता चाहिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
विदेश जान अब अनिवार्य बैंक खाता चाहिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश गर्ने सूचनामार्फत जानकारी गारएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई बैकिङ दायरा र बैक खाताको पुहँचमा ल्याएर व्यवस्थीत गर्ने लागिएको विभागमा महानिर्देशक भीष्मकुमार भुषालले बताएका छन् ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा बैक खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिने विभागले सूचना भनिएको छ ।

सरकारले वैदेशिक रोजगारीमा व्यक्तिगत र संस्थागत जाने कामदारको विवरण राख्न यस्तो व्यवस्था ल्याएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस