aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिन्धु विकास बैंकले यो वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
सिन्धु विकास बैंकले यो वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्से मार्फत जारी सुचनामा कुुनै पनि लाभांश वितरण गर्ने निर्णय नगरेको जानकारी दिएको हो । 

कम्पनीले लगातार तीन आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । यस अघि आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कम्पनीले ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश दिएको थियो । त्यसपछिका वर्षहरुमा कम्पनीले लाभांश वितरण गरेको छैन् ।
 

प्रतिक्रिया दिनुहोस