aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुक्तिनाथ विकास बैंकले पुस ३० गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
मुक्तिनाथ विकास बैंकले पुस ३० गते बोलायो साधारण सभा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस ३० गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ८ गतेको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ । सभाले प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

 बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजारको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गनेृछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस