
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ दशमलव २१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ करोड ७५ लाखको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
सभाले उल्लेखित प्रस्ताव सहित सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक बाँकी कार्यकालका लागि नियुक्त गर्नेछ । अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस