aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन

काठमाडौं । भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन भएको छ । संस्थापक समूहतर्फको २ लाख २५ हजार ७२० कित्ता शेयर सर्वसाधारण समूहमा परिवर्तन भएसँगै भार्गवको शेयर संरचना परिवर्तन भएका हो ।

संरचना परिवर्तनपश्चात संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । परिवर्तित संस्थापक  शेयर शुक्रबारदेखि सर्वसाधारण सरह कारोबार हुने गरी अभिलेख गरिएको नेप्सेमा जारी सुचनामा उल्लेख छ । 

यस बैंकलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्राप्ती गर्ने गरी गत असार २७ गते विशेष साधारण सभामार्फत निर्णय गराइसकेको छ । भार्गवसँगै साइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई पनि प्राप्ती गर्न लागेको छ । ५० करोड १६ लाख चुक्तापूँजी रहेको भार्गव विकास बैंकले गत आर्थिक वर्षमा  ६ करोड ६९ लाख ३४ हजार नाफा गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस