aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एकैपटक राष्ट्रिय वाणिज्य बैंकका पाँच वटा शाखा सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
एकैपटक राष्ट्रिय वाणिज्य बैंकका पाँच वटा शाखा सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । ताप्लेजुङ्ग, तेह्रथुम, धुलावारी, मलगंवा र रसुवामा बैंकले शाखाहरु सञ्चालनमा ल्याएको छ । 

बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा छन् । शनिबार अलग अगल कार्यक्रमका बीच नयाँ शाखाहरुको उद्घाटन गरिएको हो । एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।  राष्ट्रिय बाणिज्य बैंकको हाल ७७ जिल्लाका सबै सदरमुकाममा समेत गरी २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम सेवा रहेको छ । 

प्रतिक्रिया दिनुहोस