
काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एसिया ब्यालेन्सड फन्डको इकाई बाँडफाँड भएको छ । फन्डको इकाई भदौ १२ गते बिहीबार बाँडफाँड भएको हो ।
सर्वसाधारणको लागि यस फण्डले १० करोड ६२ लाख ५० हजार इकाई साउन ८ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरेको थियो । त्यस अवधिमा रितपूर्वक आवेदन दिने आवेदकलाई ७ करोड ५५ लाख इकाई बाँडफाँड गरेको हो ।
प्रतिइकाई मूल्य १० तोकिएको १२ करोड ५० लाख इकाईमध्य बीज पुँजी वापत न्युनतम १ करोड ८७ लाख ५० हजार, एनआईसी एसिया बैंकको लागि १२ लाख ५० हजार इकाई सुरक्षित राखेर बाँकी इकाई सर्वसाधारणमा बिक्री गरिएको हो । यो इकाई १० वर्षे अवधिको बन्दमुखी योजनाको सञ्चालनका लागि विक्री गरिएको हो ।
प्रतिक्रिया दिनुहोस