aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्र बैंकको निर्देशनमा सर्वोच्चले रोक लगाएपछि धमाधम बैंक फर्किदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
राष्ट्र बैंकको निर्देशनमा सर्वोच्चले रोक लगाएपछि धमाधम बैंक फर्किदै

काठमाडौं । नेपाल  राष्ट्र बैंकका निर्देशन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै तत्काल रोक लगाएपछि विभिन्न बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत बैंकमा फर्किन थालेका छन् ।

२ हप्ता पहिला प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारयणदास मानन्धर फर्किएका थिए भने शुक्रबार नविल बैंकका अध्यक्ष शम्भु पौडेल नबिल बैंक फर्किएका छन । राष्ट्र बैंकले सञ्चालक र सीईओको उमेरहद तोकेपछि साउन २१ देखि नविल बैंक जान छोडेका थिए ।

 त्यस्तै, नविल बैंकको सञ्चालक समितिले बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त गरेको छ ।  उपाध्याय प्रवद्र्धक समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । 

प्रतिक्रिया दिनुहोस