aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज कुन देशको मुद्राको नेपाली दर कति तोकिएको छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
आज कुन देशको मुद्राको नेपाली दर कति तोकिएको छ ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ ८१ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ५८ पैसा र बिक्री दर १४२ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ७० पैसा र बिक्री दर ८९ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस