aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ पुस २०७९
कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेदेखि

काठमाडौं ।  कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स बैंक लिमिटेडको पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू हुँदै छ । यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो । 

एक आपसमा मर्जरमा जानका लागि यी दुई बैंकले मङ्सिर २५ गते आआफ्ना छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेपछि राष्ट्र बैंकबाट पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए ।

मर्जरपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ ।

एकीकृत कारोबार शुरू गर्नुअघि पुस १५ र १६ गते दुवै बैंकका बैंकिङ सेवाहरू बन्द रहने पनि जानकारी दिइएको छ । यी दुई बैंक एक आपसमा मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्ता पूँजी रू. २५ अर्ब ८५ करोड पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस