
काठमाडौं । बाह्र दिनमा चार वटा सकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको पुस महिनाको १२ गतेसम्म चार वटा सकारी संस्थाहरुले कालेसूचीमा परेका हुन् ।
यस अवधिमा कालोसूभीमा परेका सहकारीमा सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था, स्मृति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महाकाली मल्टीप्रपोज को अपरेटिभ र गोर्खाली बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
केन्द्रका अनुसार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकमा अनिल गौतम र सविना राउत रहेका छन् । त्यस्तै, स्मृति सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा देवेन्द्र श्रेष्ठ, महाकाली मल्टीप्रपोज को अपरेटिभको सञ्चालकमा रोशनी बम्जन र सुनिल राज गिरी रहेका छन् ।
त्यसैगरी केन्द्रले गोर्खाली बचत तथा ऋण सहकारी संस्थालाई पुसर ११ गते कालोसूचीमा राखेको छ । उक्त सहकारीका सञ्चालकमा अभिषेक राई, देविका राई, कला राई, राम कुमार राई र सुजता थेम्बे रहेका छन् ।
प्रतिक्रिया दिनुहोस