
काठमाडौं । भोलि बिहीवार दुई कम्पनीको साधारण सभा हुँदै छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले साधारण सभा आयोजना गरेका छन् । प्रभु बैंकले २१औं वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ९ बजे शुरू गर्ने जानकारी दिएको छ ।
साधारण सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी सभाले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सभा शुरू गर्ने जानकारी दिएको छ । साधारण सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीेले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस