
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलनको ५ हजार ९२१ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि यस अघि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर विक्री खुला गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा यो शेयर विक्री गर्न लागिएको हो ।
प्रचलित कानुन बमोजिम यो शेयर खरीद गर्न योग्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस