aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब भद«काली काठमाडौंमा सम्पन्न भएको हो ।  

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।  

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।  

प्रतिक्रिया दिनुहोस