aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ग्लोबल आइएमई समुन्नत योजना-१ को बैंक मुद्दती निक्षेपमा लगानी बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ पुस २०७९
ग्लोबल आइएमई समुन्नत योजना-१ को बैंक मुद्दती निक्षेपमा लगानी बढ्यो

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना–१ ले कात्तिकको तुलनामा मंसिरमा बैंक मुद्दती निक्षेपमा लगानी बढाएको छ । कात्तिक मसान्तसम्म रू. ५ करोड रहेको बैंक मुद्दती निक्षेपको लगानी मंसिरमा रू. ७ करोड रहेको हो । 

मंसिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य कमिसन सहित रू.१ करोड २२ लाख हजारभन्दा बढी रहेको छ । योजनाको लगानीको बजारमूल्य भने रू. ७९ करोड २३ लाखभन्दा बढी मात्र रहेको छ । बजार घट्दाको असर योजनाको धितोपत्रमा भएको लगानी मूल्यमा परेको हो ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । मंसिर मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ११ रहेको छ । कात्तिक मसान्तसम्म यो मूल्य रू. ९ दशमलव १२ रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस