aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
'सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन'

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताइन । 

अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो । 

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी भएको धारण राखिन । 

विसं २०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २६९ जना शेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिए । रु एक करोड ८२ लाख ८४ हजार शेयर पूँजी रहेको सो सहकारीको रु तीन करोड ३८ लाख ३६ हजार ५१७ कारोवार रहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस