aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काजी श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
काजी श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले पूर्व मन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव बडालको नाममा स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता सम्मान–२०७९’बाट सहकारी पत्रकार काजी श्रेष्ठ सम्मानित भएका छन् । विगत पाँच बर्षदेखि मल्लले यो पुरस्कार प्रदान गर्दै आएकी छन् । 

नेपालको सहकारी अभियानलाई यो उचाईमा पु¥याउने योगदान दिएका व्यक्तित्व केशव बडालको नाममा पुरस्कार स्थापना गरेर सहकारीको क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई विगत पाँच बर्षदेखि पुस्कार प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान बोर्ड सदस्यसमेत रहेकी मल्लले बताएकी छन् । 

मल्लले ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ स्थापना गरेर त्यसको ब्याजबाट पुरस्कार प्रदान गर्ने गरेको बताइन् । पुरस्कार राशी १५ हजार  रहेको छ । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा  शनिवार श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो । मल्ले प्राकृतिक साकोसको सल्लाहकारसमेत छिन्  सम्पादक श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पुरस्कार प्रदान गरेका हुन् । 

विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठ नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष समेत हुन् । श्रेष्ठ सहकारी खबरडटकमका सम्पादक समेत हुन् । यस अघि सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाइ, धौलागिरी जागराण दैनिकी सह सम्पादक सिर्जना पन्त, नेपाली टेलिभिजनकी पत्रकार एलिजा उप्रेती, राजधानी दैनिकका रामसुदन तिमल्सिना सम्मानीत भैसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस