aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल २० अर्ब २५  करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी माघ १७ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी चैत्र २१ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० पुस १७ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ६ अर्ब ५० करोड रुपैयाँ १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कुल १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस