aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दुई बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
दुई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबार दुई बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नबिल र महालक्ष्मी विकास बैकको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार नबिल बैंकको १८.५० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८५४.५० रुपैयाँमा भएको थियो । बोनस शेयरपछि कम्पनीको शेयरमूल्य ७२१.१० रुपैयाँमा समायोजन भएको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ३३३.६५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३४७ रुपैयाँमा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस