aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिद्धार्थ बैंक ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
सिद्धार्थ बैंक ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम– कर्पोरेट एक्सिलेन्स इन फाइनान्सियल  इन्टिच्युसन’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो । 

पौष १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए  । ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । 

यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस