aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बाह्र वाणिज्य बैंकको लाभांश पारित, कुन–कुनले गरे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
बाह्र वाणिज्य बैंकको लाभांश पारित, कुन–कुनले गरे ?

काठमाडौं । हालसम्म बाह्र वटा वाणिज्य बैंकहरुले लाभांश पारित गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुमध्ये २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका छन् । जसमध्ये १२ वटा वाणिज्य बैंकहरुले  साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । 

लाभांश पारित गर्ने बैकहरुमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी ) बैंक, कुमारी, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, नबिल, सिटिजन्स इन्टरनेशनल, सानिमा, मेगा, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू र प्रभु बैंकले लाभांश पारित गरेका हुन् ।

एनसीसी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न लागेको नगद र बोनस गरी ११ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । त्यस्तै, कुमारी बैंकको १२.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत पारित भएको छ । 

त्यस्तै, सिटिजन्स इन्टरनेशनल बैंकको ९ प्रतिशत, सानिमा बैंकको १०.९८ प्रतिशत, मेगा बैैंकको ७.७९ प्रतिशत, सेन्चुरी कमर्सियल बैैंकको ५ प्रतिशत, ग्लोबल आईएमईको १३.६ प्रतिशत, बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत र प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको हो ।

नेप्सका अनुसार एनएमबी र नेपाल एसबीआई बैंकले पुस २५ गते साधारण सभा बोलाउका छन् । एनएमबी बैंकको ८.२५ प्रतिशत र नेपाल एसबीआई बैंकको १०.५३ प्रतिशत लाभांश पनि सोही दिन पारित हुनेछ । त्यस्तै, कृषि विकास बैंक र सनराइज बैकले भने हालसम्म साधारणसभाको मिति तय गरेका छैनन् । 

छ बैंकको लाभांश पुस २८ गते पारित हुने 
लाभांश घोषणा गरेका बैंकहरुमध्ये ६ वटा बैैंकले पुस २८ गते साधारण सभा बोलाएका छन् । कम्पनीहरुको प्रस्तावित उक्त लाभांश सोही साधारणसभाले पारित गर्नेछ । सो दिन साधारण सभा गर्न लागेका बैंकहरुमा सिद्धार्थ बैंकले १३.१६ प्रतिशत, हिमालयन बैंकले १९.११ प्रतिशत, प्राइम कर्मसियल बैैंकले ८.९५ प्रतिशत र सिभिल बैंंकको ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित हनेछ । 

सोही दिन साधारणसभागर्न लागेको लक्ष्मी बैैंकले यस वर्ष लाभांश नदिने घोषणा गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा पनि सोही दिन हुनेछ । 

चार बैंकको साधारणसभा पुस २९ गते 
चार वाणिज्य बैंकहरुले पुस २९ गते साधारणसभा बोलाएका छन् । उक्त दिन साधारणसभा बोलाएका बैंकहरुमध्ये नबिल बैंकले ३० प्रतिशत र नेपाल बैंकले १२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । एनआइसी एशिया र माछापुच्छ्रे बैंकले भने यस वर्ष लाभांश नदिने घोषणा गरेका छन् । 


 

प्रतिक्रिया दिनुहोस