aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सटर फोडेर सहकारीको नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
सटर फोडेर सहकारीको नगद चोरी

नवलपरासी । सटर फोडेर सहकारीको नगद चोरी भएको छ । गैडाकोट नगरपालिका १० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो ।

उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस