aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

निर्धन उत्थान लघुवित्तले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
निर्धन उत्थान लघुवित्तले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । पुस १९ गतेको सञ्चालक समितिको कम्पनीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४३ करोड ९० लाख ५ हजार रहेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस