aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल बैक र एनविआईबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
नेपाल बैक र एनविआईबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षर सम्पन्न भएको छ । एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्रमा नेपाल बैंक लि. का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  संजिब सुब्बाले  बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरेका थिए ।

 बैकिंग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैकको रुपमा रहेको नेवैलि वीच भएको यस समझदारीबाट बैकको मानव पुंजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ । 

उक्त समारोहमा बैकको मानव श्रोत व्यवस्थापन विभागका प्रमुख दिपेन्द्र राज काफले र नेपाल बैक लिमिटेडका प्रेस संयोजक मुकुन्द अर्याल तथा एनविआईका वरिष्ठ अधिकृत  दर्पण श्रेष्ठ लगायतको उपस्थिति थियो ।   
 

प्रतिक्रिया दिनुहोस