aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नौं सहकारी संस्था कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
नौं सहकारी संस्था कालोसूचीमा

काठमाडौं । पुस महिनामा मात्रै नौं सहकारी संस्थाहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिर्क वर्षको पुस महिनाको २० गतेसम्म नौं वटा सहकारी संस्था कालोसूचीमा परेका हुन् ।

यस अवधिमा कालोसूचीमा परेका सहकारीमा सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था, स्मृति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महाकाली मल्टीप्रपोज को अपरेटिभ र गोर्खाली बचत तथा ऋण सहकारी संस्था रहेका छन् । 

त्यस्तै, श्री उमा गौरी एग्रिकल्चर कोअपरेटिभ, गोल्डेन रोज सेभिङ एण्ड क्रडिट कोअपरेटिभ, गणेशजल मल्टी प्रपोज कोअपरेटिभ, मेगा ड्रिम मल्टी प्रपोज कोअपरेटिभ र महाकाली मल्टी प्रपोज कोअपरेटिभ लाई पनि केन्द्रले यस अवधिमा कालोसूचीमा राखेको छ ।

केन्द्रका अनुसार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकमा अनिल गौतम र सविना राउत रहेका छन् । त्यस्तै, स्मृति सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा देवेन्द्र श्रेष्ठ, महाकाली मल्टीप्रपोज को अपरेटिभको सञ्चालकमा रोशनी बम्जन र सुनिल राज गिरी रहेका छन् । 

केन्द्रले गोर्खाली बचत तथा ऋण सहकारी संस्थालाई पुस ११ गते कालोसूचीमा राखेको छ । उक्त सहकारीका सञ्चालकमा अभिषेक राई, देविका राई, कला राई, राम कुमार राई र सुजता थेम्बे रहेका छन् ।  

त्यसैगरी, श्री उमा गौरी एग्रिकल्चर कोअपरेटिभका सञ्चालकमा अलम अन्सारी मिया, शम्भु प्रसाल रौनियार र शम्भु प्रसाद सिंह रहेका छन् । केन्द्रका अनुसार कालोसूचीमा परेको गोल्डेन रोज सेभिङ एण्ड क्रडिट कोअपरेटिभका सञ्चालकमा अनिल कुमार शाह, मंगल महतो सुवी र सिक्लियादेवी महतो रहेका छन् ।

त्यस्तै, कालोसूचीमा परेको गणेशजल मल्टी प्रपोज कोअपरेटिभका सञ्चालकमा दिनेश कुमार दाहाल, ज्ञानेन्द्र बस्नेत र रेखा कुमारी बस्नेत रहेका छन् । मेगा ड्रिम मल्टी प्रपोज कोअपरेटिभका सञ्चालकमा एन्जिला खत्री, महाशंकर रेग्मी र रविन कुमार कार्की रहेका छन् भने, महाकाली मल्टी प्रपोज कोअपरेटिभका सञ्चालकमा रोशनी बम्जन र सुनिल राज गिरी रहेका छन् ।
 


           

प्रतिक्रिया दिनुहोस