aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ, १ करोड २६ लाख बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ, १ करोड २६ लाख बरामद

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैंकको एटिएम प्रयोग गरेर पैसा निकाल्न खोजिरहेका पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

१३ भदौमा काठमाडौं आएका उनीहरु दरबारमार्गबाट पक्राउ परेका हुन् । नबिलको एटिएमबाट पैसा निकाल्दै गर्दा एक जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले नक्कली कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाल्ने गरेका थिए । उनीहरुबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ ।

एक करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलरसहित पाँच चिनियाँ शनिवार पक्राउ गरेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेकाहरू उक्त व्यक्तिहरूको साथबाट बैङ्कका नक्कली २५० बटा एटिएम कार्ड समेत फेला गरेको र उक्त रकम उनीहरूले एटिएमबाट चोरी गरेका हुन सक्ने प्रहरीको अनुमान छ । 

उक्त विषयमा अनुसन्धान भइरहेको र चाडै पत्रकार सम्मेलन गरी थप जानकारी दिने परिसरका प्रहरी प्रमुख एसएसपी उत्तम राज सुबेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस