aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

प्रभु बैंकको १२ लाख ७३ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
प्रभु बैंकको १२ लाख ७३ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले पुस २१ गते उल्लेखित कित्ता शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । प्रतिकित्ता रू. १४१ तोकिएको यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

तोकिएको मितिभित्र तोकिएको मूल्यलाई समेत ध्यानमा राखी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस