
काठमाडौं । ह्याकरहरुले नेपाली बैंकका एटीएम निशाना बनाउन थालेपछि केही बैंकका एटीएमहरु उच्च जोखिमा रहेको बताइएको छ । यद्यपि, कुन–कुन बैंकको एटीएम जोखिममा छन् भन्ने खुलाइएको छ । स्रोतका कारण नक्कली एटीएम कार्डबाट पैसा चोरी हुन थालेपछि केही एटीएम बन्द गरिएको बताइएको छ । यद्यपि, बन्द गरिएका एटीएममा प्राविधिक कारण देखाइएको छ । दरबारमार्गमा नक्कली एटीएमबाट पैसा चोरीमा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि एटीएमबाट ह्याकरहरुको रहस्य खुलेको बताइएको छ ।
एक करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलरसहित पाँच चिनियाँ शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूको साथबाट विभिन्न बैंंकका नक्कली २५० बटा एटीएम कार्ड समेत फेला गरेको छ । नक्कली एटीएमबाट पैसा निकाल्ने क्रममा पक्राउ परेका चिनियाँहरुबारेमा आज दिउँसो २ बजे प्रहरीले पत्रकार सम्मेलन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस