aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएमबि फिफ्टीको शेयर बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
एनएमबि फिफ्टीको शेयर बाँडफाँड

काठमाडौ । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही निष्काशन गरिएको एनएमबि फिफ्टी (NMB 50) बाँडफाँट गरेको छ ।

बन्दमुखी योजना गत २०७६/०४/१३ देखि मिति २०७६/०५/१० सम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । 

उक्त  एनएमबि फिफ्टीका लागि आवश्यकता भन्दा बढी इकाई खरीदका लागि माग भई आएकाले प्रकाशित विवरणापत्रमा भएको व्यवस्था बमोजिम योजनाको आकार ५० लाख इकाईले वृद्धि गरी १२ हजार ६ सय ५७ आवदेकहरुलाई १० करोड ६० लाख ४८ हजार ३३० इकाई तथा बिज पूँजी वापत १ करोड ८९ लाख ५१ हजार ६ सय ७० इकाई गरी कुल १२ कराृड ५० लाख  इकाईहरु बाँडफाँड गरेको हो । 

प्रतिक्रिया दिनुहोस