aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेप्सेमा थपियो बीओकेको ६३ लाख कित्ता बढि बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ पुस २०७९
नेप्सेमा थपियो बीओकेको ६३ लाख कित्ता बढि बोनस शेयर

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभाबाट पारित गरेको एक महिनामै बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको छ । बैंकले गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर पुस २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो ।

बैंकले उक्त बोनस शेयर वापतको ६३ लाख ७४ हजार ३९६ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने यो बोनस शेयर आइतवारदेखि कारोबारयोग्य हुनेछ ।

सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा बोनस शेयर जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकसँग मर्जर प्रकृया पुरा गरी पुस २५ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागिएको यो बैंकको शेयर कारोबार सोही दिनदेखि रोक्का हुनेछ । बैंकले बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नेछ । 

प्रतिक्रिया दिनुहोस