aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त मर्ज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त मर्ज हुँदै

काठमाडौं । नागरिक लघुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्स वित्तीय संसथासँग एक आपसमा मर्ज हुने भएका छन् । जसका लागि नागरिकले विशेष सभा बोलाएको छ । 
कम्पनीले असोज २ गते हुने सभाको प्रस्तावमा वोमीसँगको मर्जर प्रस्ताव स्वीकृत दिने, दुई कम्पनीको सम्पूर्ण चल अचल सम्पत्तिको मूल्यांकन गर्ने र स्वाप रेसियो कायम गर्ने रहेको छ । साथै, नागरिक लघुवित्त वित्तको १०० कित्ता शेयर बराबर वोमी माइक्रोफाइनान्सको ७२ कित्ता शेयर कायम हुने गरी स्वाप रेसियोलाई स्वीकृत दिने । मर्जरपछि नयाँ सञ्चालक समितिको गठन भएपछि पुराना सञ्चालकहरुको कार्यकाल स्वत समाप्त हुने भएकाले नयाँ सञ्चालकहरुको कार्यकाल आगामी साधारण सभा नभएसम्म कायम रहने प्रस्ताव पारित गर्ने रहेको छ । 
साथै मर्जर प्रक्रिया सम्पन्न भएपछि नयाँ संस्थाको नाममा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ । 
केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्त वित्तीय संस्था रहेको ठाउँमा हुने सूचनामा उल्लेख । मर्जरपछि प्रमख कार्यकारी अधिकृतमा वोमी लघुवित्तका सीईओलाई पुनः नियुक्ती गर्ने प्रस्ताव विशेष सभामा छ । 
 

प्रतिक्रिया दिनुहोस