
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २२ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस