aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनएमबि–५० को इकाई बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
एनएमबि–५० को इकाई बाँडफाँड


काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि ५० को इकाई बाँडफाँड भएको छ । फण्डको इकाई भदौ १३ गते (शुक्रवार) बाँडफाँट भएको हो ।
योजनाले साउन १३ गतेदेखि भदौ १० गतेसम्म १२ करोड इकाई जारी गरेकोमा योजनाको इकाईमा माग गरेभन्दा बढी आवेदन परेकाले ५० लाख इकाई थप गरी बिक्री गरेको थियो ।

योजनाले रितपूर्वक आवेदन दिने १२ हजार ६५७ आवेदकलाई १० करोड ६० लाख ४८ हजार ३३० कित्ता इकाई तथा बिजपूँजी बापत १ करोड ८९ लाख ५१ हजार ६७० कित्ता इकाई गरी कुल १२ करोड ५० लाख कित्ता इकाई बाँडफाँट गरेको हो । योजनाको कोष प्रवर्द्धक एनएमबि बैंक तथा व्यवस्थापकमा एाएमबि क्यापिटल लिमिटेड रहको छ ।


 

प्रतिक्रिया दिनुहोस