
काठमाडौं । मर्जरमा गएका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको एकीकृत कारोबार पुस २७ गतेबाट शुरू हुँदै छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुईकम्पनी एक भएपछि अब नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । पुस ७ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
इन्भेष्टमेण्ट र मेगा बैंकले मङ्सिर १३ गते एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् । अब मेगा बैंकका १०० कित्ता शेयर हुने शेयरधनीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ९० कित्ता प्राप्त गर्नेछन् ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी रू.१८ अर्ब ३० करोड छ भने मेगाको रू. १६ अर्ब १२ करोड छ । साथै पुस २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको सम्पूर्ण सेवापुस २५ र २६ गते अवरुद्ध हुने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस