
काठमाडौं । गरिमा विकास बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार होटल पोखरा ग्राण्ड बिरौटा, पोखरा कास्कीमा सम्पन्नसभाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले यस कम्पनीले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ८ गते देखि २२ गते सम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस