aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट ह्याकरले पैसा निकालेकाे पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट ह्याकरले पैसा निकालेकाे पुष्टि

काठमाडाैं । भदौ १३ गते शुक्रबार नेपाल आएको चिनियाँ टोलीले काठमाडौंका नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट रकम निकालेको प्रहरीले जानकारी दिएको छ । 

साबिकको रकम झिक्ने फ्रिक्वेन्सीभन्दा निकै चाँडो रकम झिकेपछि शंका लागेर प्रहरीलाई खबर गरेपछि दरबारमार्ग्स्थित नबिल बैंकको एटीएमबाट एकजना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । 

टीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ । यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भए पनि बैंकले बेहोर्ने भन्दै निक्षेपकर्ताले आत्तिन नपर्ने उनले बताए । नोक्शान भएको रकममध्ये आधा रकम नगद नै जफत भएकोले धेरै तनाब पनि नभएको बताए ।

दरबारमार्ग, कमलपोखरी र र्सोहखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका एकजनाको बयानका आधारमा अन्य चारजनालाई पनि हात्तिसारस्थित माया मनोहर बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ बाट उनीहरुलाई होटलबाट निस्किने क्रममा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लीङ ज्यामिङ (पासपोर्ट नम्ब उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, अमेरिकन डलर ९ हजार १ सय आठ, चिनीयाँ मुद्रा ११ सय ११, यूरो २ सय पचास, कम्बोडियन पाँच हजार, हङकङ डलर ८० सहित एटीएमबाट रकम झिक्न प्रयोग गरिने सामग्रीहरु नक्कली भिसा कार्ड १३२ थान, सक्कली भिसा कार्ड थान १७ थान, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल छ थान, ल्यापटप एक थान, सामसुङ एक थान र डाटा कार्ड एक थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २०७६/५/१३ गते चिनबाट आएको र  भदौ १६ गते सोमबार उनीहरुले फर्किने योजना रहेको थियो । 

प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको प्रहरी साखाले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले चिनियाँ ह्याकरले नेपालका तीनवटा वाणिज्य बैंकबाट १ करोड ६८ लाख ५४ हजार ७ सय २० रुपैयाँ झिकेको जनाएको छ। राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटिएमबाट सो रकम झिकिएको जानकारी गराएको हो।

नेपाल प्रहरीले गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रतिनिधिले ३ वटा बैंकबाट यो रकम अनाधिकृरुतपमा झिकिएको जानकारी गराएका हुन्।

पत्रकार सम्मेलनमा उपस्थित नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ५ पटकसम्म एटिएम प्रयोग भएको हुनसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस