aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८ औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८ औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८ औं शाखा बिस्तार गरेको छ ।

बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप बागलुङ्गमा रहेको गलकोट , नगरपालिका वडा नं. ०३ स्थित गलकोटमा यही भदौ १५ गते आफ्नो ९८औ  शाखा कार्यालय स्थापना गरी कारोबार शुरुआत गरेको छ । 

माननीय प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेको थियो । कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे , बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
 
 

प्रतिक्रिया दिनुहोस