aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समता घरेलु लघुवित्तले पुसमा साधारण सभा गर्न नसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
समता घरेलु लघुवित्तले पुसमा साधारण सभा गर्न नसक्ने

काठमाडौं  । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले सोमवार नेप्सेमा एक सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने जानकारी दिएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने जानकारी गराएको हो ।

साथै कम्पनीले आव २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ । 


 

प्रतिक्रिया दिनुहोस