aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डिप्रोक्स लघुवित्तद्धारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
डिप्रोक्स लघुवित्तद्धारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस २५ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र यो लाभांश वितरण हुनेछ ।

कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेको हो । गत वर्ष पनि कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस