aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि विकास बैंकको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
कृषि विकास बैंकको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यस वर्ष कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २६ गतेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २ प्रतिशत बोनस शेयर र कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकमा हाल कायम नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत बैंकको सञ्चालक समितिको बैठकले गरेको छ । 

हाल बैंकको चुक्तापूँजी रू. १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रहेको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


    
 

प्रतिक्रिया दिनुहोस