aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबार बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । 

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ । 

प्रतिक्रिया दिनुहोस