aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महुली लघुवित्तले गर्यो लाभांश प्रस्ताव, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
महुली लघुवित्तले गर्यो लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २८ करोड २१ लाख ६९ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

पुस २५ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस मात्र वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस