aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१ सय ३२ थान नक्कली भिषाकार्ड बोकेका थिए चिनियाँ चोरले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
१ सय ३२ थान नक्कली भिषाकार्ड बोकेका थिए चिनियाँ चोरले

काठमाडौँ । डाटा ह्याक गरी एटिएम बुथबाट करोडौं रकम निकाल्ने ५ जना चिनियाँ नागरिकसंग १ सय ३२ थान नक्कली भिषाकार्ड रहेको प्रहरीले जनाएको छ । नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको  शनिबार प्रहरीले पक्राउ गरेको उनीहरको साथबाट १७ थान सक्कली भिषाकार्डपनि हात परेको थियो । 

पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरु राहदानी नम्बर ई ३२३७७७१३ वाहक लिन  जिंमेंग, राहदानी नम्बर ई ०९५५२६३७४ वाहक लुओ झिअलेइ, राहदानी नम्बर ईसी १९३७५५८ वाहक झू लिंगंग, राहदानी नम्बर ईएच ०२७७६५०वाहक  किउ  युन्किंग  र  राहदानी नम्बर ई ८९०५६८२५ वाहक चेन  बिन  बिन  रहेका छन् । 
    
उनीहरुबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।      
    
काठमाडौं उपत्यकाका एटिएम बुथमा विदेशी मुलका जस्ता देखिने व्यक्तिहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट  पैसा निकालीरहेको अवस्थामा उनीहरुमध्येका झू  लिंगंगलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिषाकार्ड फेला परेको थियो ।

तत्काल उनी बस्ने हात्तिसारस्थित माया मनोहर वुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा कोठाबाट लिफ्ट हुँदै भाग्दै गरेको अवस्थामा उक्त सामान सहित अन्य ४ जनालाई समेत प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरु भदौ १३ गते चीनबाट अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेको, भदौ १६ गते फर्कने योजनामा रहेको तथा विदेशमा योजना बनाई विदाको दिन पारेर यस्ता काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो परिसरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस