
काठमाडौं । २०७६ असार मसान्तसम्ममा कालोसूचीमा रहेका ऋणीको संख्या ८ हजार ६२० रहेको छ । ऋण खाता र कालोसूचीमा परेका ऋणी संख्या २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाका ऋण खाता संख्या १४ लाख ३९ हजार ६४८ पुगेको छ ।
्
आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८४२ ऋणीहरु कालोसूचीमा परेका तथा ६२८ ऋणीहरु कालोसूचीबाट हटेका उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस