aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कति छ राष्ट्रिय सहकारी महासंघको सम्पत्ति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ पुस २०७९
कति छ राष्ट्रिय सहकारी महासंघको सम्पत्ति ?

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको कुल सम्पत्ति १३ करोड रुपैयाँ भन्दा बढि रहेको छ । बिहिबार महासंघले आयोजना गरेको वार्षिक साधारणसभा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उक्त सम्पत्ति १३ करोड ५० लाख २३ हजार रुपैयाँ रहेको देखिएको हो । 

उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म महासंघसँग स्थिर सम्पत्ति मात्र ५ करोड ६ लाख ५५ हजार रुपौयँ रहेको छ । त्यस्तै, महासंघको लगानी ६५ लाख २१ हजार रुपैयाँ रहेको छ । 

यस अवधिमा महासंघको बैंक तथा नगद मौज्दात ६ करोड ५३ लाख ३२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, पेश्की तथा लिनुपर्ने रकम ९६ लाख ८० हजार रुपैयाँ, धरौटी जम्मा रकम ५ लाख २९ हजार रुपैयाँ, अन्तिम मौज्दात १४ लाख ६६ हजार रुपैयाँ र स्थगन आयकर ८ लाख ३८ हजार रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस