aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ पुस २०७९
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन

काठमाडौं । नेपाल वैकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभाले वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर्स संघको अध्यक्षमा केसीलाई सर्वसम्मतले चयन गरेको हो । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय अध्यक्ष रहेका थिए ।  तर, कृषि विकास बैंकमा उनको सीइओको पदाअवधि सकिएकाले उनको स्थानमा केसीलाई अध्यक्ष चयन गरिएको हो । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस