
काठमाडौं । नागरिक लघुवित्त वित्तीय संस्थाले वोमी माइक्रोफाइनान्स वित्तीय संसथासँग एक आपसमा मर्जरमा जानको लागि विशेष सभा बोलाएको छ । कम्पनीले असोज २ गते अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिपुतलीमा शेयरधनीलाई बोलाएको हो ।
सभाको प्रस्तावमा वोमीसँगको मर्जर प्रस्ताव स्वीकृत दिने, दुई कम्पनीको सम्पूर्ण चल अचल सम्पत्तिको मूल्यांकन गर्ने र स्वाप रेशियो कायम गर्ने रहेको छ । साथै, नागरिक लघुवित्त वित्तको १०० कित्ता शेयर बराबर वोमी माइक्रोफाइनान्सको ७२ कित्ता शेयर कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत दिने । मर्जरपछि नयाँ सञ्चालक समितिको गठन भएपछि पुराना सञ्चालकहरुको कार्यकाल स्वत समाप्त हुने भएकाले नयाँ सञ्चालकहरुको कार्यकाल आगामी साधारण सभा नभएसम्म कायम रहने प्रस्ताव पारित गर्ने रहेको छ ।
साथै, मर्जर प्रक्रिया सम्पन्न भएपछि नयाँ संस्थाको नाममा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेने छ । सोको केन्द्रिय कार्यालय हालको नागरिक लघुवित्त वित्तीय संस्था रहेको ठाउँमा हुने सूचनामा उल्लेख । मर्जरपछि प्रमख कार्यकारी अधिकृतमा वोमी लघुवित्तका सीईओलाई पुनः नियुक्ती गर्ने प्रस्ताव विशेष सभामा छ ।
प्रतिक्रिया दिनुहोस