aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्वावलम्बन लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
स्वावलम्बन लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १६ लाख ८३ हजार २५ हजार सय रुपौयँ बराबरको बोनस शेयर र ६.०५ प्रतिशतका दरले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।  


 

प्रतिक्रिया दिनुहोस